कोरोनाको ओमिक्रोन भेरियन्ट देखिएपछि लकडाउनबारे उपत्यकाका सीडीओहरू यसो भन्छन्…

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : १४


नेपालमा ओमिक्रोन भेरिअन्टका दुईजना सङ्क्रमित फेला परेसँगै खासगरी काठमाण्डू उपत्यकामा सम्भावित प्रतिबन्धात्मक कदमलाई लिएर सर्वसाधारणले चासो व्यक्त गर्न थालेका छन्।

सामाजिक दूरी, मास्कको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्डको पालनामा फेरि कडाइ गर्नुपर्ने विज्ञहरूले सुझाइरहँदा कतिपय मानिस सम्भावित लकडाउनलाई लिएर झस्केका हुन्।

ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्तिमा सङ्क्रमण भेटिएको सोमवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको थियो।

दक्षिण अफ्रिकामा पहिलोपटक फेला परेको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म भारतसहित ४० भन्दा बढी देशमा फैलिसकेको छ।

कोभिड महामारी शुरू भएयता नियन्त्रण तथा रोकथामका लागि काठमाण्डू उपत्यकाका काठमाण्डू, ललितपुर र भक्तपुर जिल्ला प्रशासनहरूले एकसाथ प्रतिबन्धात्मक कदमहरू चाल्दै आएका छन्।

उपत्यकामै ओमिक्रोनका सङ्क्रमित भेटिनुलाई आफूहरूले ‘गम्भीर’ रूपमा लिएको काठमाण्डूका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल बताउँछन्।

आफ्नो जिल्लामा फेला परेका ओमिक्रोन सङ्क्रमितबाटै अरू मानिसहरूलाई फैलने अवस्था नभए पनि पूर्वसावधानीहरू अपनाइसकिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए।

‘तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू औपचारिकरअनौचारिक रूपमा बसिरहेका छौँ। गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालयसँग पनि समन्वय भइरहेको छ’ उनले भने।

‘स्थितिको आकलन गर्दै भावी रणनीति तय गर्ने हो। अलिकति असहज परिपस्थिति आएपछि त्यसको सामना गर्नेगरी सतर्कतापूर्वक तयारी गरिरहेका छौ।’

अहिले पनि आफूहरूले धेरै भिडभाड हुने खालका गतिविधि नगर्न प्रोत्साहित गर्दै आएको प्रजिअ उपाध्यायले बताए।

ओमिक्रोन फेला परिसकेको पृष्ठभूमिमा निर्देशनविपरीत ठूला खालका सभा, जुलुसको आयोजना गरिएमा स्थानीय प्रशासनहरूले हस्तक्षेप गर्लान् त?

जबाफमा उपाध्यायले भने,‘समन्वयात्मक रूपमा सकेसम्म सचेतनाबाट र स्वास्थ्य मापदण्डको पालना गराएर नै यस्ता सङ्कटबाट हामी मुक्त हुनसक्छौँ।’

त्यसभन्दा फरक स्थिति सिर्जना भएको अवस्थामा एकीकृत रूपमा रणनीति तय गर्नुपर्ने उनी बताउँछन्।

नेपालले अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरूबाट प्रवेश गर्ने मानिसहरूलाई नेगेटिभ पीसीआर रिपोर्ट अनिवार्य गरेको छ।

त्यसैगरी खोपको विवरण लिने र पूर्ण मात्रा खोप नलगाएका तथा आफ्नो जिल्लामा फेला परेका ओमिक्रोन सङ्क्रमितबाटै अरू मानिसहरूलाई फैलने अवस्था नभए पनि पूर्वसावधानीहरू अपनाइसकिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए।


प्रतिक्रिया दिनुहोस्