रोहिंज्या मुसलमानले किन मागे फेसबुकसँग १५० अर्ब डलर क्षतिपूर्ति?

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  १२ : ३९


लन्डन। घृणात्मक अभिव्यक्तिलाई पश्रय दिएको अ‌ारोप लगाउँदै बेलायत र अमेरिकामा रहेका रोहिंज्या शरणार्थीले फेसबुकविरुद्ध उजुरी दिएका छन्।

फेसवुकले अल्पसंख्यक समुदायमाथि भएका हिंसालाइ प्रवद्धन गरेको भन्दै रोहिंज्याँ शरणार्थीले १५० अर्ब डलर क्षतिपूर्तिसमेत माग गरेका छन्।

सन् २०१७ मा सेनाको दमनका कारण बौद्ध धर्मालम्बीको बाहुल्यता रहेको म्यानमारमा करिव १० हजार रोहिज्याँ शरणार्थी मारिएको अनुमान छ। सेनाको दमनपछि लाखौं रोहिंज्याँ देश छोडेर छिमेकी मुलुक वंगलादेशमा शरण लिएका थिए। शरणार्थीले उजुरी गरेको विषयमा फेसबुकले कुनै टिप्पणी गरेको छैन्।

घृणास्पद र खतरनाक तथा गलत सूचना बर्षौंदेखि प्रवाह गरेको फेसबुकमाथि अ‌ारोप लाग्दै अ‌ाएको छ।

केही शरणार्थीेको पक्षमा काम गर्दै अ‌ाएको बेलायको एउटा फर्ममार्फत त्यहाँका शरणार्थीले मुद्दा दायर गरेको जनाइएको छ। म्यानमारमा भइरहेका जातीय हिंसाबारे सत्यतथ्य नबुझी होचुवाका भरमा फेसवुकले अल्पसंख्यक समुदायमाथि भइरहेका टिप्पणीलाई प्रोत्साहन गरेको निवदेनमा जनाइएको छ।

रोहिंज्याविरुद्ध भइरहेका गालीग्लौज गर्ने व्यक्तिको अकाउन्ट डिलिट नगरेको पनि निवेदनमा जनाइएको छ। सञ्चारमाध्यम र दातृ संस्थाको चेतावनीका बाबजुद उपर्युक्त कदम नचालेको फेसबुकमाथि अ‌ारोप लागेको छ।

त्यस्तै अमेरिकामा पनि सानफ्रान्सिस्कोमा रोहिंज्याको तर्फबाट उजुरी परेको छ। म्यानमारमा फेसबुका २ करोड प्रयोगकर्ता छन्। अधिकांशले सामाजिक सञ्जालबाट नै समचारबारे अपडेट हुन्छन्।

म्यानमारको सेनाले राज्यसंरक्षित आतंकको सिर्जना गरेकाले अल्पसंख्यक मुस्लिम रोहिंज्याँले देश छोडेर भाग्न बाध्य भएको बताइएको छ। तर, सेनाले रोहिंग्या मुस्लिममाथि ज्यादती नगरेको दाबी गरेको छ।

म्यानमारको उत्तरी रखाइन राज्यमा सरकारले नै जातीय विभेद गरेको मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले बताउँदै आएको छ।

राष्ट्रसंघले सार्बजनिक गरेको एउटा प्रतिबेदनमा सेनाले रखाईन प्रान्तका दर्जनौ महिलामाथि बलात्कार गरेको र बालबालिकाको हत्या गरेको उल्लेख छ। ‘कारबाहीका नाममा सेनाले बालबालिकाको हत्या र महिलामाथि बालात्कार गरेको छ,’ प्रतिवेदनमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस्