काम ठग्ने ९ सय कर्मचारीलाई भारतीय मूलका यी मालिकले जुम मिटिङबाटै पदमुक्त गरे!

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  १२ : ३१


न्युयोर्क। भारतीय मूलका एक अमेरिकी मालिकले जुम वैठकमार्फत एकैपटक ९०० कर्मचारीलाई पदमुक्त गरेका छन्।

धितो उपलब्ध गराउने कम्पनी बेटर डटकमका सीइअ‌ो विशाल गर्गले जुम मिटिङमार्फत ९०० कर्मचारी पदमुक्त गरेका हुन्। क्रिसमस अ‌ाउनु केही दिनअघि उनले गरेको निर्णयलाई धेरैले क्रुर र स्वचेछाचारी भनेका छन्।

कर्मचारीको कार्यसम्पादन चित्तबुझ्दो नभएको र बजारमा देखिएको परिवर्तनका कारण अ‌ाफू कठोर निर्णयमा पुगेको गर्गले बताएका छन्। कर्मचारीले दिनमा दुई घण्टा काम गरेर आठ घण्टाभन्दा बढी काम गरेको दाबी गरेको त्यो सबैका लागि अनुत्पादक बनेको उनले बताएका छन्।

अ‌ाफ्नो निर्णयबाट अ‌ाफै दुखी भएको उनले बताएका छन्।‘पछिल्लो समय मैले यस्तो गर्दा म रोएको थिएँ,’ जुम मिटिङमा गर्गले भनेका छन्। गर्गले कर्मचारी बर्खास्त गरेको फर्चुन म्यागेजिनले पुष्टि गरेको छ। यसअघि बेटर डटकमले ७५ करोड अमेरिकी डलर मुनाफा गरेको विवरण सार्वजनिक भएको थियो।


प्रतिक्रिया दिनुहोस्