‘बेलायतमा ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिरहेको छ, यो अन्तर्राष्ट्रिय यात्रासँग सम्बन्धित छैन’

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ११ : ५६


बेलायतका स्वास्थ्यमन्त्री साजिद जाविदले बेलायतमा समुदायस्तरमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिरहेको बताएका छन्। उनले नयाँ भेरियन्टको संक्रमण समुदायस्तरमै भइरहेको पुष्टि गरेका हुन्।

उनले संसदमा भने,‘बेलायत र विश्वभर ओमिक्रोन फैलिरहेको छ। इंगल्यान्डमा यस्तो मामिला देखिएको छ जसको अन्तर्राष्ट्रिय यात्रा अथवा भ्रमणसँग कुनै सम्बन्ध छैन।’

सोमबारसम्म बेलायतमा ३३६ मा नयाँ भेरियन्ट देखिएको थियो। आइतबार एकैदिन ९० जना ओमिक्रोनबाट संक्रमित भएका थिए।

हालसम्म नयाँ संक्रमणबाट कोही अस्पताल जाने अवस्था नभएको पनि स्वास्थ्यमन्त्री जाविदको भनाइ छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्