मोदी–पुटिनबीचको भेटलाई लिएर अमेरिका र चीनको चासो, भए यस्ता रक्षा र व्यापार सम्झौता…

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ११ : ४४


भारत र रुसबीच २० वर्षदेखिको वार्षिक बैठकको शृङ्खला केही समयको विश्रामपछि यस वर्षबाट फेरि सुरुवात भएको छ।

कोरोना भाइरसको महामारीपछि दुवै देशका प्रमुखबीच गतवर्ष भेटघाट र छलफल हुन सकेको थिएन। सोमबार रुसी राष्ट्रपति भ्लादमिर पुटिन भारत भ्रमणमा गएका थिए।

सो क्रममा भारतीय समकक्षी नरेन्द्र मोदी र पुटिनबीच भेटवार्ता भएको थियो। सो क्रममा रक्षा, व्यापार तथा उर्जाको क्षेत्रमा आपसी सहयोग बढाउने विषयमा चर्चा र सम्झौता भयो।

मोदी र पुटिनले के भने?
रुसी राष्ट्रपति पुटिनलाई सोमबार भारतमा स्वागत गर्दै मोदीले भने,‘यसवर्ष भारत र रुसबीच शान्ति, मित्रता र सहयोग सन्धिको पाँच दशक र रणनीतिक साझेदारीको दुई दशक पुरा हुँदैछ। साझेदारीको २० वर्षमा जुन उल्लेखनीय प्रगति भएको छ त्यसको मुख्य सुत्रधर राष्ट्रपति पुटिन हुनुहुन्छ।’

उनले थप्दै भने,‘विश्वमा तमाम बदलावबीच भारत र रुसको मित्रता निरन्तर छ। यो वास्तवमै अन्तरराज्यीय मित्रताको एक अद्वितीय र भरपर्दो मोडेल हो।’

कोरोना प्रकोपबीच भारत र रुसबीच निरन्तर सहयोग जारी रहनुपर्नेमा पनि मोदीले जोड दिए। उनले भनेका छन्,‘अनेक क्षेत्रीय र वैश्विक मुद्दामा भारत र रुसको एकजस्तै मत छ।’

पुटिनले भने भारतलाई एक ‘शक्तिशाली र मित्र राष्ट्र’ भनेका छन्। उनले यसैवर्षको सुरवातमा दुवै देशबीच भएको व्यापारमा ३८ प्रतिशत बढोत्तरी भएको बताए। पुटिनका अनुसार रुस र भरातबीच सैन्यसँगै धेरै क्षेत्रमा सहकार्य हुँदैछ।

Russia completes delivery of second S-400 missile system regimental set to  China - source - World - TASS

सम्झौता
सोमबार दुवै देशबीच भएको सम्झौतामा सबैभन्दा महत्वपूर्ण एके–२०३ अजल्ट राइफलमा भएको सम्झौता हो। सम्झौताअनुसार भारतले रुसबाट ६ लाख यस ​हतियार खरिद गर्नेछ।

यो राइफलले एक मिनेटमा ६ सय राउन्ड गोली हान्ने क्षमता राख्दछ। भारतीय सेनाले सँगै अर्धसैनिक बल, प्रहरीले पनि यो हतियार प्रयोग गर्नेछन्।

यसैबीच मोदी र पुटिनबीच सन् २०२५ सम्ममा वार्षिक व्यापार ३० अर्ब डलर पुर्‍याउने प्रतिबद्धता पनि भएको छ। यस्तै रुसी तेल कम्पनी ‘रोज्नेफ्ट’ र भारतबीच पनि तेल आपूर्तिको विषयमा सम्झौता भएको छ। यो कम्पनीले सन् २०२२ को अन्तिमसम्ममा भारतलाई २० लाख टन तेल आपूर्ति गर्नेछ।

यसअघि रुसकै मद्दतमा भारतको उत्तर प्रदेशको हतियार कारखाना खुलेको थियो। मोदी स्वयं उद्घाटनको लागि पुगेको अमेठीमा सन् २०१९ यता भारतले एजल्ट राइफल बनाउन थालेको छ।

यससँगै रुसले भारतलाई एस–४०० रक्षा प्रणाली बेच्नेछ। एकदेखि दुई महिनाबाट यो रक्षा प्रणाली भारतले प्राप्त गर्नेछ। एस–४०० रुसको अत्याधुनिक मिसाइल सिस्टम हो। यसको तुलना अमेरिकाको शक्तिशाली रक्षा प्रणाली पेट्रियट मिसाइलसँग गरिन्छ।

Contract for AK-203 production awaits MoD signature - The Financial Express

एस–४०० खरिदको विषयमा भारत सरकारले तीन दिन अगाडि देशको सार्वभौमिकता जोगाउन हतियार खदिर गरेको बताएको थियो। अमेरिकाले रुसबाट हतियार खरिद गरेको विषयमा असन्तुष्टी जनाएको थियो।

यो हतियार सम्झौताले विश्व राजनीतिमा हलचल मच्चिएको छ। यहीबीचमा पुटिन भारत पुगेपछि यो विषयलाई अमेरिका र चीनजस्ता शक्ति राष्ट्रले पनि चासोका साथ हेरेका छन्।

अमेरिकी नजर
अमेरिका निटक भारतमा अमेरिकासँग त्यति राम्रो सम्बन्ध नभएको रुसका राष्ट्रपति पुटिन गएपछि अमेरिकाले यो विषय चासोका हेरेको छ।

यसअघि भारत र रुसबीच एस–४०० रक्षा प्रणाली खरिदको सम्झौता हुँदा अमेरिकाले भारतलाई प्रतिबन्ध लगाउने बताएको थियो।

तर कस्तो प्रतिबन्ध भनेर अमेरिकाले केही खुलाएको छैन। हाल पनि भारतले रुसबाट एजल्ट राइफल किन्ने भएको छ। जुन कार्यबाट अमेरिका अवश्य रुष्ट छ।

मोदी–पुटिन भेटमा चीनको नजर
‘रुस र भारतबीच एके–२०३ एजल्ट राइफलको विषयमा सम्झौता भएको छ। यसले के देखाउँछ भने भारत र रुसबीच राम्रो सम्बन्ध थियो र उनीहरु सम्बन्ध थप मजबुद गर्न चाहन्छन्। साझेदारी यसकारण पनि जारी रहन्छ कि यी दुवै देशका वैश्विक र क्षेत्रीय चिन्ता एक समान छन्’ जावर लाल नेहरु विश्व विद्यालयस्थित सेन्टर फर रसियन स्टडीका प्राध्यापक सन्जय पाण्डे भन्छन्।

‘चीनसँग रुसको राम्रो सम्बन्ध छ। रुसले चीनसँगको सम्बन्ध पनि कायम राख्न चाहन्छ। तर रुस यो पनि चाहँदैन कि चीनले मध्य एसियामा अथवा युरोएसिया क्षेत्रमा दबदबा बढाओस्। जसकारण रुस भारतसँग पनि सम्बन्ध राख्न चाहन्छ’ उनी भन्छन्।

रुससँगको सम्बन्ध बाबजुद पनि चीनले रुसको यो मानसिकतालाई मनन् गरेको छ। जसकार पुटिन र मोदीको भेटमा चीनको पनि नजर छ।

चीन र भारतबीच सीमा तनाव जारी छ। रुसले भारतलाई हतियारहरु बेच्ने भएका कारण पनि चीलने पुटिन–मोदीको भेटलाई चासो दिएको हो। उता रुसले सँधै चीन र भारतबीचको सीमा विवाद छलफलबाट टुंगो लगाउनुपर्ने बताउँदै आएको छ। बीबीसीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्