मानव अधिकार उल्लंघन कारण देखाउँदै अमेरिकी कूटनीतिज्ञले बेइजिङ ओलिम्पिक्स बहिष्कार गरे

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  १० : ०४


अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्सलाई कूटनीतिक रूपमा बहिष्कार गर्ने घोषणा गरेको छ।

चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले जनाएको हो।

तर उसले अमेरिकी खेलाडीहरू भने उक्त प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण समर्थन रहने बताएको छ।

गत महिना अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलिम्पिक्सको कूटनीतिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले सोमवार बहिष्कारको पुष्टि गर्दै अमेरिकी प्रशासनले ओलिम्पिक्सको उत्सव मा योगदान नगर्ने बताइन्।

साकीले अमेरिकी सरकारले ुुयो क्षणका लागि प्रशिक्षण गरिरहेका खेलाडीहरूलाई दण्डित गर्नु सही कदम नहुनेुु तर २०२२ का खेलहरूमा आधिकारिक अमेरिकी प्रतिनिधिमण्डल नपठाउनुले स्पष्ट सन्देश दिन सक्नेु महसुस गरेको बताएकी छन्।

Jules Boykoff on a Beijing 2022 Boycott – The Diplomat

अमेरिकाले सन् २०२८ मा लस एन्जलसमा ओलिम्पिक्स आयोजना गर्दैछ।

चीनको विदेश मन्त्रालयले अमेरिकी बहिस्कारलाई ‘नाङ्गो राजनीतिक उक्साहटपूर्ण कार्य’को सङ्ज्ञा दिँदै उक्त कार्य ‘चिनियाँ जनताविरुद्ध अपराध’ ठहरिने यसअघि नै बताइसकेको छ।

वाशिङ्टनस्थित चिनियाँ दूतावासले बहिष्कारलाई एक ‘कपटपूर्ण कार्य र राजनीतिक पहलु’को सङ्ज्ञा दिँदै प्रतियोगिताको सफलतामा यसले कुनै असर नपार्ने जनाएको छ।

तर बाइडन प्रशासनको कदमलाई अमेरिकाका दुवै प्रमुख राजनीतिक दलका नेताहरूले प्रशंसा गरेका छन्।

अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टटिभ्सकी सभामुख न्यान्सी पेलोसीले प्रशासनको निर्णयको स्वागत गरेको बताएकी छन्।

Activists across the globe call for boycott of 2022 Beijing Olympics -  Phayul

तर केही नेताहरूले भने कूटनीतिक बहिस्कार पर्याप्त नरहेको आफूहरूको विश्वास रहेको जनाएका छन्।

अमेरिकाले चीनले उइगर मुस्लिमहरुको मानवअधिकार हनन् गरेको आरोप लगाउँदै आएको छ। त्यसकै विरोधस्वरुप अमेरिकाले कूटनीतिक बहिष्कार गरेकाे हो।

सिनजियाङ प्रान्तका उइगरको जनसंख्या वृद्धिमा त्यहाँको सरकारले रोक लगाएको साथै मुस्लिमलाई कुरानबाट बञ्चित गरेको र मुश्लिमको श्रम शोषण गरेको अनुसन्धानहरु सार्वजनिक भएका थिए।

अमेरिकाले उइगरको अधिकार सुनिश्चित गर्न माग गरिरहँदा चीनले भने उइगरको अधिकार नखोसिएको जिकिर गर्दै आएको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्