म्यानमारकी नेतृ सुकीको जेल सजाय ‍आधा घटाइयो

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ८ : ४६


यांगुन । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय आधा घटाइएको छ । म्यानमारको अदालतले सुकीमाथिको सजाय अ‌ाधा घटाएको हो । यसअघि न्यपेतस्थित सेनाको अदालतले दुई विभिन्न अभियोगमा चार वर्ष जेल सजाय सुनाएको थियो ।

उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् । उनीमाथि असन्तुष्ट समूहलाई उक्साएको र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेको कोभिड नियम उल्ल‌ंघन गरेको अभियोग लगाइएको छ । यसबाहेक उनीविरुद्ध ११ अ‌ारोप लगाइएको छ । सुकीले अ‌ाफूमाथि लगाइएका सबै अ‌ारोप अस्वीकार गर्दै अ‌ाएकी छिन् ।

फेब्रुवरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारको नेतृत्व गरेकी थिइन् । निर्वाचनमा व्यापक धाँधली गरेको सेनाले अ‌ारोप लगाउँदै अ‌ाएको छ । सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेर विभन्न अ‌ारोपमा मुद्दा लगाउँदै अ‌ाएको थियो ।


प्रतिक्रिया दिनुहोस्