प्रहरी जवानलाई १६ बर्षमै पेन्सनमा घर जान पाउने गरि नियमावली बन्दै!

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ६ : १०


काठमाडौं । नेपाली सेनामा सिपाहीले सेवा अवधिको १६ बर्षमै जागिरबाट अवकाशमा जान मिल्ने व्यवस्था भएपछि अन्य सुरक्षा निकायमा पनि त्यसबारे माग बढ्दो छ।

पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाले सेनामा सो व्यवस्था ल्याएपछि वाहवाही पाएका थिए।

नेपाली सेनामा १६ बर्षमा जागिर छाड्न पाउने र २० बर्षपुगेपछि पेन्सन पाउने व्यवस्था भएपछि सोही व्यवस्था प्रहरीमा पनि लागू हुनुपर्ने माग संगठनभित्र चर्को रुपमा उठेको छ।

प्रहरीमा उठेको माग सम्बोधनका लागि गृहमन्त्रालय सकरात्मक देखिएको छ। गृहसचिव टेकनारायण पाण्डेले यसअघि सार्वजनिक कार्यक्रममै सेनाको जस्तै प्रहरीमा पनि १६ बर्षेमै पेन्सन पाउने व्यवस्था लागू गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन।

यसैबीच, गृह मन्त्रालयले प्रहरी नियमावली संशोधनको प्रक्रिया अगाडी बढाएको स्रोतले जनाएको छ।

प्रहरी आईजीपी शैलेश थापा क्षेत्रीको सिफारिसमा गृहमन्त्रालयले जवानहरूको पेन्सन १६ वर्षे बनाउने गरि नियमावली संशोधन प्रक्रिया अगाडि बढाएको बताइएको छ।

सो प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि कार्यान्वयनमा आउने छ।


प्रतिक्रिया दिनुहोस्