यसैहप्ताको बिहीबार कट्रिना र विक्कीले हिन्दू र क्रिश्चियन परम्पराअनुसार विवाह गर्ने

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ६ : ०६


बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलले यही डिसेम्बर ९ अर्थात् यसैहप्ताको बिहीबार विवाह गर्दैछन्।

राजस्थानको सवाई माधोपुरको रिसोर्टमा हुने विवाह समारोह भने मंगलबारदेखि नै शुरु हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

खबरअनुसार कट्रिना र विक्कीको विवाह अलग–अलग रीतिरिवाज अनुसार हुनेछ। यी दुईको विवाह शुरुमा हिन्दू परम्पराअनुसार हुनेछ भने त्यसपछि क्रिश्चियन रीतिरिवाज अनुसार हुने बताइएको छ।

विक्की हिन्दू धर्मावलम्बी हुन् भने कट्रिना क्रिश्चियन धर्मावलम्बी हुन्। विवाहका लागि अलग–अलग मण्डप समेत तयार पारिएको छ।

उनको विवाहमा मोइबाल फोन लिएर जान पाइनेछैन। साथै भिडिओ र फोटो पनि खिच्न पाइनेछैन। केही कलाकारले भने सेल्फी खिच्न नपाइने भए विवाहमा नआउने भनेर प्रतिक्रिया दिएको भारतीय संचारमाध्यमले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्