कोरोना भाइरसको खोप बनाउने वैज्ञानिक भन्छन्ः आगामी महामारी झनै प्राणघातक

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ३ : २८


अक्सफोर्ड–एस्ट्राजेनिकाले संयुक्त रुपमा बनाएको खोपमा काम गरेकी वैज्ञानिक प्रोफेसर डेम सारा गिल्बर्टका अनुसार भविष्यमा देखा पर्ने महामारी वर्तमान कोरोना संटक भन्दा अझ बढी प्राणघातक हुनेछ।

कोरोना खोप बनाउन साथै खोप बनाउने अनुसन्धानमा खटेकी गिल्बर्टका अनुसार कोरोना भाइरसभन्दा खतरनाक महामारी भविष्यमा आउने भएकाले विश्वले त्यसका लागि अहिल्यै तयारी थाल्नुपर्छ।

उनका अनुसार महामारी अनुसन्धान र त्यससँग जुध्न धेरै खर्च लाग्ने भएकाले अहिलेबाटै अभ्यास गरिनुपर्छ।

बीबीसीका अनुसार सो क्रममा उनले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टमा खोपको असर कम हुनसक्ने पनि उल्लेख गरेकी छिन्।

गिल्बर्टका अनुसार अहिलेसम्म ओमिक्रोनको बारेमा धेरै केही सार्वजनिक भएको छैन। तर मानिसहरु सावधान भएर बस्नुपर्छ।

उनले भनेकी छिन्,‘कुनैपनि भाइरसले हाम्रो जीवनमा खतरा ल्याएको यो अन्तिमपटक होइन। सत्य के हो भने आगामी महामारी झनै खतरनाक हुनेछ। जुन अधिक संक्रामक र अधिक घातक दुवै हुनसक्छ।’


प्रतिक्रिया दिनुहोस्