मस्कसँग प्रेम सम्बन्ध टुट्नुको कारणबारे ग्राइम्सः उसले मलाईभन्दा बढी भिडिओगेम मन परायो

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १ : ३०


केही महिना अगाडि अर्बपति इलोन मस्क र गायिका ग्राइम्सबीचको प्रेम सम्बन्ध टुटेको थियो। पेज सिक्सलाई दिएको अन्तर्वार्तामा मस्कले आफू र ग्राइम्स अर्ध रुपमा छिट्टिएको बताएका थिए।

यद्यपी उनीहरुले छोराको पालनपोषण मिलेर गर्ने बताएका थिए। मस्क टेस्ला र स्पेस एक्स कम्पनीका मालिक हुन्।

उनी विज्ञानका पारखी हुन्। उनी चन्द्रमामा पर्यटन विस्तार गर्न चाहन्छन्। उनले मंगल ग्रहमा मानवलाई पुर्याएर छाड्ने अठोट लिएका छन्।

उता उनकी प्रेमिका ग्राइम्स भने व्यस्त गायिका, एकअर्कालाई समय दिन नसक्दा उनीहरु छुट्टिन परेको हो। उनले ग्राइम्ससँग आधा छुट्टिसको बताउँदै आफूबीचको प्रेम भने कायम रहने बताएका थिए। मस्कका अनुसार उनी र ग्राइम्स एकै घरमा छन् तर उनीहरु छुट्टाछुट्टै कोठामा बस्छन्।

मस्क र ग्राइम्सबीच सन् २०१८ बाट प्रेम सम्बन्ध सुरुवात भएको थियो। सन् २०२० को मे महिनामा उनीहरुको छोरा जन्मिएको थियो।

ग्राइम्सको गीत
सम्बन्ध टुटेको केही महिना पश्चात ग्राइम्सले नयाँ गीत निकालेका छन्। ‘प्लेयर अफ गेम्स’ बोलको गीतमा उनले मस्कलाई बिम्बहरु प्रयोग गरेर आलोचना गरेकी छिन्।

गीतमा मस्कले ग्राइम्सलाई भन्दा बढी भिडिओ गेमलाई माया गर्ने बताइएको छ। भिडिओमा ग्राइम्सले रोवोटलाई अंगालो मारेको देखिएको छ।

यसको अर्थ ग्राइम्सको नजरमा मस्कमा प्रेमको भावना कम छ। उनले एक रोवोटलाई प्रेम गरिरहेकी थिइन्। उनले आफूले सम्बन्ध रहोस् भन्ने चाहँदा पनि मस्ककै कारण सम्बन्ध टुटेको बताउन खोजेकी छिन्।

भिडिओ


प्रतिक्रिया दिनुहोस्