तारा बरालको जीवन रक्षा गर्न आयोगको अपिल

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ८ : ४०


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत तारा बरालको जीवन रक्षाका लागि सम्बन्धित सबै पक्षसँग अपिल गरेको छ।

आयोगले जीवन जोखिममा राखेर अनशन नबसी आफ्ना मागहरुलाई छलफलका माध्यमबाट सम्बोधन गर्ने वातावरण सिर्जना गर्न बराललाई आग्रहसमेत गरेको छ।

आयोगका सहायक प्रवक्ता लोकनाथ बास्तोलाले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त आग्रह गरिएको छ।

गत कात्तिक ३० गतेदखि सर्वोच्च अदालतलाई पूर्णरूपमा तत्काल सञ्चालन गर्नुपर्ने, नेपाल बार एसोसिएसन कार्यालयअगाडि प्रदर्शन गर्दा महिलामाथि दुव्र्यवहार गरी अपशब्द बोल्ने वकिलहरुलाई कारवाही गर्नुपर्ने, एमसिसी परियोजना खारेज गर्नुपर्ने र नागरिकता विधेयक पूर्णरूपमा खारेज गर्नुपर्ने भन्ने माग राख्दै आमरण अनशनमा बसेकी थिइन्।

अनशनरत बरालको हाल वीर अस्पतालमा उपचार भइरहेको छ। आयोगको अनुगमन गर्दा बरालको स्वास्थ्यस्थिति थप जटिल अवस्थामा पुगेको जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस्