मृतकका परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि अवरुद्ध सडक सञ्चालनमा

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ८ : ३२


कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ बङ्क नजिक पूर्व पश्चिम राजमार्गमा भारतीय नम्बर प्लेटको जीपको ठक्करबाट मृत्यु भएका व्यक्तिका आफन्तले क्षतिपूर्तिको माग राख्दै आज बिहानदेखि अवरुद्ध गरेको सडक सञ्चालनमा आएको छ।

भारतीय डिएल १७ सी ४७५४ नंको जीपको ठक्करबाट पैदल यात्री अन्दाजी ६५ वर्षीय तारानाथको मृत्यु भएपछि बिहानदेखि स्थानीय बासिन्दाले सडक अवरुद्ध गरेका थिए।

जीप सञ्चालक र पीडित परिवारबीच भएको छलफलमा क्षतिपूर्ति रकम उपलब्ध गराउने सहमति भएपछि सडक सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए।

जीपको ठक्करबाट मृत्यु भएका परिवारलाई तत्काल किरिया खर्चबापत रु ५० हजार रकम उपलब्ध गराउने र क्षतिपूर्तिबापत बीमाले तोकेअनुसारको रकम उपलब्ध गराउने सहमति भएपछि अवरुद्ध सडक सञ्चालनमा आएको उनले बताए। रासस


प्रतिक्रिया दिनुहोस्