विमानमै यात्रुको मृत्युपछि उडेको तीन घन्टापछि फर्कियो एयर इन्डियाको विमान

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १ : ३४


नयाँ दिल्ली । भारतको नयाँ दिल्लीबाट अमेरिकाको नेवार्क सहरका लागि उडेको विमान पुनस् नयाँ दिल्ली फर्किएको छ । जहाजभित्रै एक यात्रु मृत भेटिएपछि आकाशबाटै विमान फर्किएको हो । ‘मेडिकल अ‌ापतकालका कारण तीन घन्टाको उडानपछि नयाँ दिल्लीबाट नेवार्कका लागि उडेको एयर इन्डियाको विमान नयाँ दिल्ली फर्किएको छ’, एयर इन्डियाका एक अधिकारीले भने ।

विमानस्थल अवतरणपछि चिकित्सकहरुको एउटा समूह विमानभित्र विरामीको परीक्षण गरेको थियो । समूहले तत्कालै विरामीलाई मृत घोषित गरेको थियो । मृत भएका व्यक्ति अमेरिकी नागरिक रहेको जनाइएको छ ।

शवलाई सोही विमानमार्फत अमेरिका पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्