‘चुनावमा हामीसँग टक्कर लिनेहरुको हालत खत्तम बनाउँछौं’

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ७ : ५०


नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावमा आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने बताएका छन्।

उनले चुनावमा आफ्नो पार्टीसँग टक्कर लिनेहरुको हालत खत्तम हुने पनि जनाए।

नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने बुद्धिजीवी, चिकित्सक तथा इञ्जिनीयरलाई आफ्नो पार्टीमा स्वागत गर्दै उनले आफ्नो पार्टीमा आउने सबैको उचित मूल्याङकन गरिने बताउँदै भने,‘एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङकन गरिने छ।’

देशव्यापीरूपमा एकीकृत समाजवादीमा प्रवेश गर्नेको लहर बढेको बताउँदै नेपालले अबको निर्वाचनमा ठूलो दलका रूपमा आफ्नो पार्टी स्थापित हुने दाबी गरे।

सो क्रममा उनले भने,‘अहिले हाम्रो पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ, हाम्रो पार्टी आउँदो निर्वाचन देशव्यापीरूपमा जित्नेछ, हामीसँग टक्कर लिनेहरुको हालत खत्तम बनाउने छौँ।’


प्रतिक्रिया दिनुहोस्