राजनीतिक समझदारी बिना प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन सकिँदैन: प्रचण्ड

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ७ : १५


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक समझदारी बिना प्रधानन्यायाधीश चालेन्द्र शमसेर जबरालाई महअभियोग लगाउन नसकिने बताएका छन्।

दलहरुबीच सहमति नभई जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको उनको भनाइ रहेको छ।

पार्टी निकट प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय अधिवेशनमा सम्बोधन गर्दै प्रचण्डले २८ मंसिरमा संसदको अधिवेशन आह्वान गरिएको पनि बताए।

सो क्रममा उनले भने, ‘कोहीले सोचेका छन्, महाअभियोगको लागि भनेर। अर्कोतिर एमसीसीले के गर्छ भन्ने चिन्ता छ। यो हिँउँदे अधिवेशन हो। महाअभियोग राष्ट्रिय हितअनुसार राजनीतिक समझदारीको आधारमा मात्रै हुने–नहुने कुरा हुन्छ।’


प्रतिक्रिया दिनुहोस्