सर्वाधिक मतका साथ वीरेन्द्र बने कान्छा मोरङ कांग्रेस जिल्ला सदस्य

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ८ : ५३


मोरङ । नेपाली कांग्रेस मोरङको जिल्ला सदस्यमा वीरेन्द्रकुमार शाह अत्यधिक मत ल्याएर विजयी भएका छन्।

सबैभन्दा कान्छा उम्मेदवार २४ वर्षीय शाह अत्यधिक १३१२ मत ल्याएर विजयी भएका हुन्।

समाजसेवासँगै राजनीतिमा होमिएका शाहलाई केही नेताहरूले बच्चै छस् भन्दै उम्मेदवारी नहाल्न भनिएको थियो। तर, राजनीतिमा लागेर केही गर्ने चाहाना बोकेका शाहले ‘आसपास’ शैलीमा लुकेर उम्मेदवारी दिएका थिए।

शाहले जितसँगै खुसी प्रकट गर्दै भने, ‘मेरो अझै धेरै सामाजिक उत्तरदायित्व बढेको छ। पदको सही सदुपयोग गर्दै अझै धेरै संगठन निर्माणको काम गर्नेछु। उम्मेदवारी दिँदा मैले प्रस्ताव र समर्थकसमेत भेटेको थिइन।’


प्रतिक्रिया दिनुहोस्