एमाले सांसद शान्ता चौधरी पनि भइन् ‘प्लस टु पास’

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ७ : ५४


नेकपा एमालेकी सांसद शान्ता चौधरी कक्षा १२ को परीक्षामा पास भएकी छन।

राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा प्रकाशन गरेको हो।

चौधरी परीक्षामा पास भएको उनको सचिवालयले जनाएको छ।

गत असोज ८ गतेदेखि भएको कक्षा १२ को परीक्षामा उनले नयाँ बानेश्वरको रत्न राज्यलक्ष्मी उच्च माविको होम सेन्टरबाट परीक्षा दिएकी थिइन्।


प्रतिक्रिया दिनुहोस्