भारतमा समुद्री चक्रवातको खतरा, भारतीय मौसम विभागद्वारा चेतावनी जारी

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ६ : ०५


भारतका विभिन्न क्षेत्रमा समुद्री चक्रवातको खतरा बढेर गएको छ। बीबीसीहिन्दीका अनुसार त्यहाँ ‘जवाद’ नामको चक्रवातको खतराबारे चेतावनी जारी गरिएको छ।

आन्ध्र प्रदेश, ओडिसा, पश्चिम बंगाल, असम र मेघालयमा डिसेम्बर ३ देखि ६ सम्म भारी वर्षा हुने र ठूलो हावा चल्ने सम्भावना रहेको भारतीय मौसम विभागले जनाएको छ।

चक्रवातको खतरा रहेकाले सचेत रहन आग्रह गरिएको छ।


प्रतिक्रिया दिनुहोस्