सौताको छोरालाई बिषादी खुवाई हत्या गरी फरार महिला पक्राउ

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ५ : ५४


धनगढी । सौताको छोरालाई बिषादी खुवाई हत्या गरी फरार हुने महिला पक्राउ परेकी छन।

पक्राउ पर्नेमा बाजुराको खप्तड छेडेदह गाउँपालिका घर भई धननगढी उप-महानगरपालिका वडा नम्बर २ मालिका टोलमा डेरा गरी बस्ने ३५ बर्षीया मागी रोकाया छन।

उनका श्रीमान ३५ बर्ष बहादुर रोकायाले भारतबाट आफन्तलाई फोन गरी मागी रोकाया सम्पर्क विहीन भएकोले उनी कहाँ छन भनि बुझी दिन भन्दा कोठामा बालकको शव भेटिएको थियो।

कोठाको अगाडिको मुल ढोका बन्द थियो भने पछाडी पट्टीको ढोका खुल्ला थियो।

कोठा भित्र हेर्दा बालकको खुट्टा मात्र अगाडिको झ्यालबाट देखिएपछि मानिसहरुले प्रहरी कार्यालयमा जानकारी गराएका थिए।

घटनास्थलमा प्रहरी टोली पुगेर उक्त ठा भित्र हेर्दा मागी रोकायासंगै बस्ने उनकी सौता निर्मला थापामगरका छोरा धनगढी स्थित हिमालय एकेडमीमा कक्षा ३ मा पढ्ने १० बर्षीय निशान्त थापामगर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

फरार रहेकी मागी रोकाया भारतको हरियाणामा रहेको जानकारी प्राप्त भएपछि प्रहरी टोली त्यसतर्फ गई भारतीय प्रहरीको सहयोग र उनलाई पक्राउ गरि नेपाल ल्याइएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा मागी रोकायाको श्रीमान बहादुर रोकाया रोजगारीको सिलसिलामा भारतमा रहेको र उनी करीब ३ बर्ष अघिदेखि निर्मला थापामगरसंग भारत मै विवाह गरी संगै बस्दै आईरहेको बताएकी छन।

१४ बरर्षीया छोरी र ८ बर्षको छोरालाई पढाउन घनगढीमा बसोबास गर्दै आएको प्रहरीमा उनले बयान दिएकी छन।

बहादुर रोकायाले निर्मलालाई विवाह गरिसकेपछि छोरा निशान्तलाई पढाउन आफूसँगै राखेको समेत उनले बताएकी छन।

उनका छोरालाई समेत स्कुल पढाउदै आएकोमा र श्रीमानसँग फोनमा बादबिवाद र गालीगलौज भएको रिसले आफूले उनको हत्या गरेको उनले स्वीकारेकी छन।

निशान्त थापा मगर स्कूलबाट फर्किएपछि थाहा नपाउने गरी दुधमा मुसा मार्ने औषधी मिसाई उनलाई कोठामा बस्दै गर्नु हामी बेलुका आउछौ भनी आफ्ना छोरा र छोरीलाई लगेर भारत तर्फ गएको खुल्न उनले प्रहरीमा बयान दिएकी छन।

उनी विरुद्ध कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाई छ।


प्रतिक्रिया दिनुहोस्