राप्रपा महाधिवेशनः नेताहरूलाई भोट माग्न भ्याइनभ्याइ (फोटोफिचर)

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ४ : १३


राप्रपाको एकता महाधिवेशन काठमाडौंमा चलिरहेको छ। गत बुधबारबाट सुरू भएको महाधिवेशनमा शुक्रबार उम्मेदवार मनोनयन दर्ता गरिएको छ भने शनिबार नेतृत्व चयनका लागि मतदान हुनेछ।

अध्यक्ष पदमाबाहेक पदाधिकारी र सदस्यको भोटिङ मेसिनबाट मतदान गरिने भएको छ।

अध्यक्ष पदमा भने मतपत्र प्रयोग गरिने राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए।

मतदानको अघिल्लो दिन शुक्रबार महाधिवेशनस्थलमा नेताहरू भोट माग्न व्यस्त छन्। अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी परेको छ।

नायिका रेखा थापा पनि लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवारी दिएकी छन्। उनी पनि भोट माग्न व्यस्त देखिन्छिन्।


प्रतिक्रिया दिनुहोस्