पाकिस्तानमा प्रधानमन्त्रीको अनुमतिबिना विदेश भ्रमण गर्न पाउँदैनन् मन्त्री

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ३ : ४८


इस्लामाबाद। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मन्त्रिपरिषद्का अन्य सदस्यलाई विदेश भ्रमणमा रोक लगाएको विवरणहरु सार्वजनिक भएका छन्।

आफू सामान्यतया विदेश भ्रमण नगरेको र अन्य मन्त्रीहरुलाई पनि आफ्नो अनुमतिबिना विदेश भ्रमण नगर्न निर्देशन दिएको विवरणहरुमा जनाइएको छ।

सरकारका मन्त्री र सिनेटर विदेश भ्रमणमा जानुभन्दा देशको जल्दोबल्दो समस्या समाधान गर्नुपर्ने उनको भनाई छ।

सामान्य गोष्ठी वा सम्मेलनको बहानामा सकभर मन्त्रीले विदेश भ्रमण गर्न नहुने उनको सुझाव छ। ‘हाम्रा लागि विदेश भ्रमणभन्दा सरकारी काम पहिलो प्रथमिकता हो’, खानले भनेका छन्।

यसैबीच, कोभिड संक्रमणको नयाँ भाइरस ओमिक्रोनको त्रास बढिरहेका बेला खोपसम्बन्धी नयाँ योजना घोषणाा गरेको छ। सरकारले स्वास्थ्यकर्मी र ५० वर्षमाथिका मानिसहरुलाइ बुस्टर डोज दिने भएको छ।

 


प्रतिक्रिया दिनुहोस्