अस्ट्रियाका पूर्वचान्सलर क्रुजले लिए राजनीतिबाट सन्यास

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ३ : ३७


भियना । अस्ट्रियाका पूर्वचान्सलर सिबास्टियन क्रुजले राजनीतिबाट सन्यास लिने घोषाणा गरेका छन्।

चान्सलरबाट राजीनामा दिएको केही सातापछि क्रुजले राजनीतिबाट पनि सन्यास लिने घोषणाा गरेका हुन्।

भ्रष्टाचारको अ‌ारोप लागेपछि क्रुजले एक महिनाअघि पदबाट राजीनामा दिएका थिए। ‘यो समयका लागि म निकै आभारी छु, हाम्रो सुन्दर अस्ट्रियालाई उचित दिशातर्फ लैजान मैले पनि केही योगदान दिएको छु’, उनले भने।

जीवनको नयाँ अध्याय सुरु भएको बताउँदै नेतृत्व हस्तान्तरण गरेको उनले बताए। आफू योगी वा अपराधी दुबै नभएको बताउँदै चान्सलर हुँदा विरोधीले धेरै आलोचना गरेको उनले गुनासो गरे।

३५ वर्षीय क्रुज युरोपकै कान्छो नेता मात्र भएका थिएनन्, विश्वमै सबैभन्दा कम उमेरमा राष्ट्रप्रमुख हुने पहिलो व्यक्ति बनेका थिए।

उनी सन् २०१७ देखि नै अस्ट्रियाको राजनीतिको प्रभावशाली र विभाजनकारी पात्र बनेका थिए।

राजनीतिबाट सन्यास लिने उनको घोषणाले त्यहाँको पिपुल्स पार्टी अलमलमा परेको छ। पूर्वउपचान्सलर वेर्नर कोग्लरले क्रुजको निर्णयको स्वागत गरेका छन्।


प्रतिक्रिया दिनुहोस्