नायिका करिश्मा मानन्धर र गायिका रचना रिमालले गरे कक्षा १२ पास

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ३ : ०९


नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन्। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा उनी उत्तीर्ण भएकी हुन्।

आफू कक्षा १२ उत्तीर्ण भएको करिश्माले जानकारी दिइन्। ‘म दुईवटा विषयमा ए प्लस ल्याएँर पास भएँ’, उनले भनिन्, ‘तर, समग्रमा मेरो २.४१ जीपीए आएको छ।’

गोदावरीस्थित किटनी कलेजबाट कक्षा १२ उत्तीर्ण गरेकी उनी अब ग्रामीण विकास विषय लिएर स्नातक अध्ययन गर्ने तयारीमा रहेको बताइन्।

‘म अब ग्रामीण विकास लिएर पढ्ने इच्छा छ’, उनले भनिन्, ‘यही कलेज (किटनी कलेज)मा ग्रामीण विकास छ कि छैन। बुझ्नुपर्नेछ।’

किटनी कलेजमा ग्रामीण विकास विषय नभएमा उनले कलेज परिवर्तन गर्ने जानकारी दिइन्।

यसैबीच, गायिका रचना रिमाल पनि कक्षा १२ उत्तीर्ण भएकी छन्।

झापाको भद्रपुरस्थित प्रज्ञा एकेडेमीबाट परीक्षा दिएकी उनले ३.४४ जीपीए ल्याएर कक्षा १२ पास गरेकी हुन्। उनले अब काठमाडौंमा संगीत विषय लिएर स्नातक तह अध्ययन गर्ने बताइन्।


प्रतिक्रिया दिनुहोस्