हात खुट्टा बाँधिएको अवस्थामा भेटियो हजार वर्षअघिको मम्मी!

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  १२ : २७


पेरुमा एउटा दुर्लभ मम्मी फेला परेको छ।

सामान्यतः परापूर्वकालमा इजिप्ट क्षेत्रका मानिसहरुले मृत व्यक्तिलाई मम्मी बनाउँथे। ब्यान्डेजले शरीर पुरै बेरेर उनीहरुलाई कफिनमा गाड्ने गर्थे।

पुरातत्वविदहरुले आजभोली त्यस्ता मम्मी उत्खनन् गरिरहन्छन्। जुन सामान्य रुपमा लाशजस्तै हुन्छन्।

तर पेरुपमा भने हात र खुट्टा डोरीले बाँधिएको मम्मी भेटिएको छ।

पेरुका पुरातत्वविदका अनुसार हात र खुट्टा बाँधिएको मम्मी ८ सयदेखि १२ सयवर्ष पहिलेको हो। यो राजधानी लिमामा भेटिएको छ।

नेसनल युनिभर्सिटी अफ सान मार्कोसका अनुसार काजामारक्विल्लामा मम्मी फेला परेको हो। विज्ञका अनुसार यो मम्मी २५ देखि ३० वर्षका युवाको हो।

अपराधमा दोषी करार भएका ती युवालाई त्यसबेला हात खुट्टा बाँधेर जिवित्तै गाडिएको हुनसक्ने अनुमान गरिएको छ। सीएनएन

May be an image of 2 people, people standing and indoor

May be an image of 5 people, people standing and outdoors


प्रतिक्रिया दिनुहोस्