कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  १० : ४१


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । शुक्रबार बिहान बसेको बोर्ड बैठकको निर्णयअनुसार नजिता प्रकाशित गरिएको हो ।

सार्वजनिक नतिजाअनुसार सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’, ४८ हजार २३९ परीक्षार्थीले ‘ए’, ७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’, ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’, ७५ हजार ८८ परीक्षार्थीले ‘सी प्लस’, २४ हजार ५१५ परीक्षार्थीले ‘सी’, तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’, २९६ परीक्षार्थीले ‘डी’ र १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् ।

गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी थिए । यसैबीच कोरोनाभाइरस संक्रमणका कारण परीक्षा दिन छुटेका ४१ जना परीक्षार्थीहरूले गत बुधबारदेखि परीक्षा दिइरहेका बोर्डले जनाएको छ । उनीहरूको परीक्षा सकिएको १० दिनभित्र नतिजा प्रकाशित गरिनेछ ।

नतिजा परीक्षा बोर्डको वेवसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेवसाइटमा neb.ntc.net.np लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ । भने, एसएमएस गर्नका लागि NEB टाइप गरेर एक स्पेस छोडेर सिम्बोल नं टाइप गरेर १६०० मा पठाउन सकिन्छ । यस्तै, आईभिआरका लागि १६०१ डाइल गर्नुपर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस्