थप ३१५ मा कोरोना सङ्क्रमण पुष्टि

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ७ : ०८


काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

यस अवधिमा ११ हजार ४०३ जनाको पिसीआर परीक्षण गरिएको थियो।

यससँगै नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षणपछि भएका सङ्क्रमितको सङ्ख्या आठ लाख २१ हजार ९४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ५४६ पुगेको छ।

पछिल्लो समय थप २७३ जना कोरोनाबाट निको भएका छन्।

यससँगै निको हुनेको सङ्ख्या आठ लाख २०१ पुगेको छ। निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

कोरोनाबाट ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप छ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३५ पुगेको छ।कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ४५ रहेको छ। हाल होमआइसोलेशनमा छ हजार ७१५, संस्थागत आइसोलेशनमा ३३०, आइसीयूमा ११० र भेन्टिलेटरमा ३८ जनाको उपचार हुँदैछ। रासस


प्रतिक्रिया दिनुहोस्