सभामुख सापकोटा भन्छन्ः सर्वोच्चको समस्या समाधानका लागि उपाय खोज्नेछु

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  १० : ४६


काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसियसन चरणवद्ध आन्दोलनमा रहेका बेला सभामुख सापकोटाले भने, ‘म स्पेन जानुभन्दा पहिला नेपाल बारले ध्यानाकर्षण पत्र बुझाएको थियो। यस विषय जानकारीमा छ, अब कसरी अगाडि बढ्ने भनेर म सोच्छु।’

बारले प्रधानन्यायाधीशको बर्खास्तीको माग गर्दै प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष र संसदमा प्रतिनिधित्व गर्ने दललाई ध्यानाकर्षणपत्र बुझाइसकेको छ।

सापकोटाले संसदको गतिरोध अन्त्यका लागि पनि उपाय खोज्ने बताए। ‘कसरी पहलकदमी लिने र धारणा कसरी बनाएर अगाडि जाने भन्ने कुरामाअब सोच्छु,’ उनले भने, ‘सर्वदलीय बैठक, अरू बैठक गरेर उपाय खोज्नका लागि म त्यसमै केन्द्रित भएर लाग्ने छु।’

उनी अन्तर व्यवस्थापिका संघ आईपीयूको १४३ औं सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किएका हुन्।


प्रतिक्रिया दिनुहोस्