भूमिहीनको हातमा चाँडै लालपूर्जा पुग्छ: मन्त्री श्रेष्ठ

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ८ : ५८


सिन्धुपाल्चोक। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री सशी श्रेष्ठले भूमिहीनको हातमा चाँडै लालपूर्जा पुग्ने गरी सरकारले काम सुरु गरेको बताएकी छन्।

अघिल्लो सरकारले भूमिहीनका लागि थुप्रै काम गरेको दाबी गरेपनि यथार्थमा त्यसो नरहेको माओवादी केन्द्र भोटेकोसी गाउँपालिकाको प्रथम सम्मेलनमा मन्त्री श्रेष्ठले बताइन्।

भूमिहीनको समस्या समाधानमा प्रचार अनुसारको १० प्रतिशत काम पनि ओली नेतृत्वको सरकारले गर्न नसकेको उनको जिकिर छ।

माओवादी केन्द्र भोटेकोसी गाउँपालिका सम्मेलनले लाक्पा शेर्पाको अध्यक्षतामा ५५ सदस्यीय कमिटी चयन गरेको छ।


प्रतिक्रिया दिनुहोस्