यात्रुले जब प्लेन नै धकेल्नुपरेपछि..(भिडियो)

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ७ : ५९


काठमाडौं । तपाईंले मानिसहरुले जहाज धकेलेको सायदै देख्नुभएको होला।

देख्नुभएको छैन भने बाजुरा कोल्टी विमानस्थलमा यात्रुले जहाज नै धकेलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

कोल्टी विमानस्थलमा अवतरणको क्रममा जहाजको टायर पन्चर भएपछि यात्रुले जहाजलाई आफैं धकेलेर रनवे खाली गराएका छन्।

बुधबार दिउँसो १ बजे हुम्लाबाट नेपालगञ्जका लागि उडेको यती एयरको जहाज बाजुरामा रहेका यात्रु लिन कोल्टी विमानस्थल अवतरण गर्ने क्रममा जहाजको टायर पन्चर भएको थियो।

अरू जहाज अवतरण गराउनुपर्ने र त्यसका लागि रेनवेबाट जहाज हटाउन उपकरण नभएका कारण यात्रुले जहाज धकेल्नुपरेको विमानस्थल स्रोतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्