रुसले अन्तरिक्षमा क्षेप्यास्त्र हान्दा नासाका अन्तरिक्षयात्रीले स्पेस वाक गर्न पाएनन्

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ६ : ०५


अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगलबारको स्पेस वाक स्थगित गरेको छ।

अन्तरिक्षमा रहेको अन्तर्राष्ट्रिय स्पेस स्टेसन आईएसएसमा दुई अन्तरिक्षयात्रीले हिजो अन्तरिक्षमा हिँड्ने तालिका थियो।

तर रुसले हालै अन्तरिक्षमा हाइपरसोनिक क्षेप्यास्त्रले पुरानो भूउपग्रह ध्वस्त बनाएपछि त्यसको टुक्राहरु अन्तरिक्षमै उछिट्टिएको छ।

त्यसको खतराका कारण अमेरिकी अन्तरिक्षयात्रीले स्पेस वाक गर्न नपाएको नासाको भनाइ छ।

हिजो अन्तरिक्षयात्री थोमस मार्सबर्न र काइलाले स्पेस स्टेसनको एन्टिना परिवर्तन गर्ने तालिका थियो।

गत महिना आफ्नै एक जासुसी उपग्रहलाई रुसी क्षेप्यास्त्रले परीक्षणका क्रममा ध्वस्त बनाएको थियो। सो क्रममा टुक्राहरु अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन आईएसएससम्मै आइपुगेका थिए।

रुसले ध्वस्त बनाएको भूउपग्रह सन् १९८२ मा अन्तरिक्षमा पठाइएको थियो। उक्त उपग्रहले जासुसीको काम गर्दथ्यो।


प्रतिक्रिया दिनुहोस्