जेठी श्रीमती कोपिलासँग निखिलले गरे डिभोर्स, १३ वर्ष अगाडि छाडेका थिए श्रीमती

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ४ : ४७


अभिनेता निखिल उप्रेती र उनकी जेठी श्रीमती कोपिला उप्रेतीबीच सम्बन्ध विच्छेद भएको छ।

निखिलले कोपिलालाई छाडेको लगभग १३ वर्षपछि सम्बन्ध विच्छेद गरेका हुन्। उनको र कोपिलाको भक्तपुर जिल्ला अदालतमा भदौ १ गते सम्बन्ध विच्छेद भएको हो।

जिल्ला न्यायाधीश उमेश कोइरालाले हस्ताक्षर गरेको निर्णयमा भनिएको छ, ‘यसमा दुवै पक्षले मिलापत्र गरी पाउँ भनी दिएको संयुक्त दरखास्त र सोही दरखास्त बमोजिम लेखिएको मिलापत्रको कागजी व्यहोरा समेत दुवै पक्षलाई बाची सुनाइ सोको मतलब र परिणाम समेत सम्झाउँदा बुझाउँदा समेत लेखिए बमोजिम सुनाइ सोको मतलब सम्बन्ध विच्छेद हुने गरी मुद्दा मिलापत्र गर्न दुवै पक्ष मञ्जुर भई दुवै पक्षले सही क्षापसमेत गरेकोले प्रस्तुत मुद्दा मुलुकी देवानी कार्यसंहिता २०७४ को दफा १९३ ‘४०’ बमोजिम मिलापत्र प्रमाणित गरिएको छ ।’

Is Nikhil Upreti is being the victim of the tussle between two wives  Sachita and Kopila? – Nepal & Nepali

अदालतको यो व्यहारोले दुवै पक्षबाहिर नै लेनदेनमा सहमत भई अदालतसमक्ष गएको देखिन्छ। निखिलले अभिनेत्री सन्चिता लुइँटेलसँग सन् २००८ मा दोस्रो विवाह गरेका थिए।

निखिलको कोपिलातर्फबाट एक छोरा छन् भने सञ्चितातर्फ एक छोरा र छोरी छन्। कोपिलासँग भने निखिलले संघर्षका दिनमा नै विवाह गरेका थिए। दुवै पक्षले सहमतिमा सम्बन्ध विच्छेद गरेको जनाइएको छ।

Nikhil Upreti | Biography, Wife, Age, Height, family, Movies

Nikhil Sanchita - Glamour Nepal


प्रतिक्रिया दिनुहोस्