अक्षय कुमारलाई ‘नो’ भनेका निर्मल पूर्जाले बियर ग्रिल्सलाई नेपाल ल्याउने

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ४ : ०२


डिस्कोभरी च्यानलमा ‘म्यान भर्सेस वाइल्ड’ कार्यक्रम चलाएर विश्व चर्चित बनेका बेलायतका बियर ग्रिल्सलाई नेपालका पर्वतारोही निर्मल पूर्जा मगर ‘निम्स दाई’ले नेपाल ल्याउने पहल थालेको बताएका छन्।

पूर्जा आफैं विश्व कीर्तिमानी आरोही हुन्। उनले ७ महिनामा संसारका १४ हिमाल चढेर रेकर्ड बनाएका छन्।

यसबीचमा नेटफिल्क्सले उनीमाथि निर्माण गरेको फिल्म ‘फोर्टिन पिक्सः नथिङ इज इम्पोसिबल’को हाल विश्वभर स्ट्रिमिङ सुरु भएको छ।

यसै सन्दर्भमा नेटफिल्क्स प्रिमियरको पूर्वसन्ध्यामा फिल्मको हाइप्रोफाइल काठमाडौं प्रिमियर आयोजना गरिएको थियो।

सो कार्यक्रममा पर्यटनमन्त्री प्रेमबहादुर आले पनि उपस्थित थिए। त्यहाँ पर्वतारोही पूर्जाले आफूले काठमाडौंमा आयोजना हुने एक कार्यक्रमका लागि डिस्कभरी च्यानलका बियर ग्रिल्सलाई काठमाडौं ल्याउने जानकारी दिएका हुन्।।

सो क्रममा उनले आफूलाई बलिउड अभिनेता अक्षयकुमारले एउटा एड्भेन्चर रियालिटी सोका लागि प्रस्ताव गरेको पनि उल्लेख गरे तर पारिश्रमिकमा चित्त नबुझेपछि आफूले अस्वीकार गरेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्