सातौं बालोन डि’ओर जितेका मेस्सीले बनाए यी पाँच रेकर्ड…

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १२ : ३६


अर्जेन्टिना तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड लियोनल मेस्सीले कीर्तिमानी सातौंपटक बालोन डी’ ओर अवार्ड जितेका छन्।

सोमबार राति स्टार खेलाडी लियोनल मेस्सीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी’ओर अवार्ड जितेका हुन्।

मेस्सीले यसअघि २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा यस अवार्ड जितेका थिए। मेस्सीले रोबर्ट लेवान्डोस्की र जर्गिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन्। मेस्सी बालोन डी ओर जित्ने पीएसजीका पहिलो खेलाडी समेत बने। मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए।

म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड रोनाल्डो छैटौँ स्थानमा रहे। रोनल्डोले यो अवार्ड पाँच पटक जितेका छन्।

Lionel Messi on Twitter: "With Neymar and Mbappe out of the equation, is  Messi now the favourite to win his 7th Ballon d'Or? 🔥🔥🔥🔥🔥🔥🔥  https://t.co/kLrLvGy041" / Twitter

मेस्सीले बनाए यी पाँच रेकर्ड
– सातौं बालोन डि’ओर जितेका मेस्सी पहिलो खेलाडी हुन् जसले सातौंपटक यो अवार्ड पाए।
– फ्रेन्च लिग वान खेलिरहँदा बालुन डि’ओर अवार्ड पाउने मेस्सी पहिलो खेलाडी बने।

–पीएसजी क्लबको इतिहासमा बालोन डि’ओर पाउने मेस्सी पहिलो खेलाडी बने।
–३ फरक दशकमा बालुन डि’ओर जित्ने एक्ला खेलाडी

–३४ वर्षका मेस्सीले सातौं बालोन डि’ओर जित्दा ‘सबैभन्दा ज्येष्ठ’ उमेरमा यो अवार्ड पाउने खेलाडी बने।

May be an image of 1 person and text that says '5 RECORDS BROKEN BY LEO MESSILAST NIGHT FIRST PLAYER TO WIN 7 BALLON D'OR AWARDS •FIRST LIGUE 1 PLAYER TO WIN THE BALLON D'OR IN THE 21ST CENTURY •LIONEL MESSI IS THE FIRST PSG PLAYER TO WIN THE BALLON D'OR .OLDEST PLAYER TO WIN THE BALLON D'OR IN THE 21ST CENTURY FIRST TO WIN THE BALLON D'OR IN THREE DIFFERENT DECADES sportskeeda'


प्रतिक्रिया दिनुहोस्