भारतमा विवाहको बाजाले ६३ चल्ला हृदयघातका कारण मरेपछि किसानले दिए प्रहरीमा उजुरी…

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १२ : ०१


उडिसा। भारतमा विवाहको परम्परागत बाजाका कारण अ‍ाफ्ना ६३ ओटा कुखुराका चल्ला मारिएको एक व्यक्तिले गुनासो गरेका छन्। सन्दर्भ यसै साताको ‌अ‍ाइतबारको पूर्वी उडिसा राज्यमा भएको घटना हो।

विवाहमा चर्को अ‍ावाज बजाउँदा कानको जाली फुटेर मध्यरातमा अ‍ाफ्ना चल्लाहरु मरेको किसान रन्जित कुमार परिदाले अ‍ारोप लगाएका छन्।

‘बाजा बजाउने मानिसहरुलाई बाजको अ‍ावाज सानो बनाउन अग्रह गरे, तर उनीहरुले सुनेनन्। विवाहमा निकै चर्को अ‍ावाजमा बाज बजाइएको थियो।’ उनले भने। अ‍ाफूले सम्झाउँदा बेहुलीका साथीहरुले झनै थर्काएको उनले गुनासो गरे।

क्षतिपूर्तीको माग गर्दै उनले विवाह अ‌ायोजकविरुद्ध उजुरी गरेका छन्। एक पशु चिकित्सकले ह्दयघात भएर चल्ला मरेको बताएका छन्।

जीव विज्ञानका प्राध्यापक सूर्यकान्त मिश्रले चर्को अ‍ावाजले चराचुरुङ्गीमा ह्दयघात हुने बताएका छन्। ‘चर्को संगीत वा अकस्मातको उत्तेजना र चोटले चराचुरुङ्गीको जैविक चक्रमा असर गर्छ’ उनले भने।

यसैबीच प्रहरीले दुबै पक्ष मिलेर समस्या समाधान गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस्