अष्ट्रेलियाको संघीय संसदका महिला सांसद र एक तिहाइ कर्मचारीमाथि नै यौन दुर्व्यवहार!

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ११ : ४३


क्यानवेरा। अष्ट्रेलियाको संघीय संसदका एक तिहाइ कर्मचारीमाथि यौन दुर्व्यवहार हुने गरेको एउटा प्रतिवेदनमा जनाइएको छ।

संघीय संसद्की एक पूर्वकर्मचारीले मन्त्रालयमा नै यौन दुर्व्यवहार भएको गुनासो सार्वजनिक भईरहेका बेला प्रतिवेदन तयार पारिएको हो। उनको भनाई सार्वजनिक भएसँगै क्यानवेरामा हुने यौन दुर्व्यवहारका विभिन्न घटना सार्वजनिक भएका थिए।

दुर्व्यवहारबाट अधिकांश महिला पीडित भएको यौन विभेदसम्बन्धी अ‍ायुक्त केट जेनकिन्सले बताएकी छन्।

प्रतिवेदनअनुसार संघीय संसदका ५१ प्रतिशत कर्मचारीले कुनै न कुनै प्रकारको यौन दुर्व्यवहार सामना गरेको उल्लेख छ। ‘उनीहरुको यौन दुर्व्यवहारको अनुभवले संसदको गरिमामाथि नै प्रश्न खडा भएको छ’ जेनकिन्सले भनिन्। प्रतिवेदनलाई प्रधानमन्त्री स्कट मोरिसनले डरलाग्दो बताएका छन्।

संसदमा महिलामाथि हुने दुर्व्यवहारबारे एक कानले सुनेर अर्को कानले उडाइ दिएको प्रधानमन्त्री मोरिसनमाथि आरोप लाग्दै आएको थियो।

अध्ययनमा संघीय संसदका १७२३ पूर्वकर्मचारी र ३३ अ‍ोटा संगठनका विभिन्न व्यक्तिसँग अन्तर्वार्ता लिइएको थियो। प्रतिवेदनअनुसार ६३ प्रतिशत महिला सांसदले यौन दुर्व्यवहार सामना गरेका छन्। यो संख्या दुर्व्यवहारमा परेका कर्मचारीकोभन्दा धेरै हो।


प्रतिक्रिया दिनुहोस्