‘तालिबान सत्तामा आएपछि अफगानिस्तानबाट सयभन्दा बढी पूर्व सेना बेपत्ता, हत्या भएको आशंका’

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ११ : १५


मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ह्युमन राइट्स वाचको अनुसन्धान अनुसार तालिबान लडाकु सत्तामा आएपछि अफगानिस्तानबाट सयभन्दा बढी पूर्व सेनाहरु बेपत्ता भएका छन्।

उनीहरुको हत्या भएको आशंका गरिएको छ। तालिबान सत्तामा आएपछि उनीहरुले पूर्व सेना र प्रहरीलाई निशानामा राखेको अनुसन्धानले जनाएको छ।

तर तालिबानले भने बदलाको भावना आफूले नराखेको र पूर्व सेना तथा प्रहरीको हत्या आफूले नगरेको बताएको छ।

अमेरिकाले २० वर्षपछि अफगानिस्तानबाट आफ्ना सेना हालै फर्काएपछि त्यहाँ तालिबालने रातारात सत्ता कब्जामा लिएको हो।

त्यसबेला तालिबालने आफूहरुले कसैसँग बदला नलिने बताएको थियो। तर यतिबेला पूर्व प्रहरी र सेना बेपत्ता भएपछि तालिबानले उनीहरुलाई हत्या गरेको आशंका गरिएको हो।

यसअघि न्यायाधीश, पत्रकार तथा राजनीतिज्ञहरुलाई तालिबानले कुटपिट गरेको खबर पनि आएको थियो। उनीहरुले महिलालाई समान अधिकार दिने पनि बताएका थिए तर त्यहाँ महिला अधिकार कुन्ठित पारिएको छ।


प्रतिक्रिया दिनुहोस्