एमाले महाधिवेशनबारे लेखक संग्रौलाको टिप्पणीः भीडका एकएक पुर्जालाई मासुभात र पाकेट खर्च

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १० : ५४


नेपालका चर्चित लेखक तथा टिप्पणीकार खगेन्द्र संग्रौलाले हालै सम्पन्न एमाले महाधिवेशनबारे घोचक टिप्पणी गरेका छन्।

उनले एमालेको भेलालाई पञ्च र्याली भनेका छन् र चार बुँदामा एमालेको आलोचना गरेका छन्।

उनी सामाजिक संजालमा लेखछन्ः

‘पञ्च र्याली’ टाइपको एमाले भेलाका भन्नु नहुने तथ्यहरूः

१. पार्टीद्वारा सारा आइजाइ बस रिजाप,भीडका एकएक पुर्जालाई मासुभात र पाकेट खर्च,

२. विचारको ‘व’ र कम्निस्टको ‘क’ पूर्ण बहिष्कृत,

३. सर्वसम्मतिका नाउँमा एकल तानाशाही डण्डा प्रयोग,

४. ओलीको अहंकार प्रदर्शन हेतु रू. १ अर्ब नाश

Nagarik Manch : Khagendra Sangraula with Sagar Neupane - YouTube


प्रतिक्रिया दिनुहोस्