अमेरिकी विद्यालयमा १५ वर्षका किशोरले गोली चलाउँदा तीन जनाको मृत्यु, आठ घाइते

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १० : १७


अमेरिकाको मिसिगनस्थित एउटा हाईस्कूलमा मंगलबार अन्धाधुन्ध गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

घाइते हुनेमा विद्यार्थीसहित एक शिक्षक पनि भएको बीबीसीले जनाएको छ। मृत्यु हुनेमा १६ वर्षका किशोर र १४ तथा १७ वर्षका किशोरी छन्।

प्रहरीले गोली चलाउने १५ वर्षका किशोरलाई गिरफ्तार गरेका छन्। उनले सेमि–अटोमिक ह्यान्डगन चलाएको बताइएको छ। उनले कम्तिमा २० गोली चलाएका थिए।

डेट्रायटदेखि लगभग ४० माइल पर अक्सफोर्ड शहरमा यो आक्रमण भएको बताइएको छ। किशोरले किन गोली चलाए भनेर केही खुलेको छैन।


प्रतिक्रिया दिनुहोस्