भारतले भन्योः हाम्रो देशमा कोरोनाको ओमिक्रोन भेरियन्ट भित्रिएको छैन

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ५ : ३९


कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन हालसम्म भारतमा नदेखिएको त्यहाँको सरकारले जनाएको छ।

मंगलबार भारतका स्वास्थ्यमन्त्री मनसुख मान्डबियाले हालसम्म भारतमा ओमिक्रोन भेरियन्टबाट कोही संक्रमित नबनेको जानकारी दिएका हुन्।

यद्यपी केही व्यक्तिलाई सोही भेरियन्टबाट संक्रमण भएको आशंकामा अनुसन्धान जारी राखेको उनको भनाइ छ। उनले खतरनाक मानिएको सो भेरियन्ट पस्न नदिन हरसम्भव प्रयास गर्ने पनि बताए।

विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई घातक भेरियन्ट भनेको छ। यसले विश्वभर उच्च जोखिम निम्त्याउनसक्ने सोमबार डब्लूएचओले बताएको थियो।

यो भेरियन्ट पहिलोपटक दक्षिण अफ्रिकामा देखिएको थियो। हालसम्म ७० भन्दा बढी मूलुकले सो राष्ट्रमा भ्रमण प्रतिबन्ध लगाएको छ। जापानले त कोरोना पुनः फैलिने त्रासका कारण विदेशी नागरिकलाई प्रतिबन्ध नै लगाएको छ।


प्रतिक्रिया दिनुहोस्