अष्टलक्ष्मी र गोकर्णको संयोग : दुवैले पाए बराबर मत

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ५ : १९


नेकपा एमालेको १०औँ महाधिवेशनमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिवका उम्मेदवार गोकर्ण विष्टले बराबर मत ल्याएका छन्।

उपाध्यक्ष शाक्यले एक हजार नौ सय ७६ मत पाउँदा सचिवका उम्मेदवार विष्टले पनि सोही अंक बराबरको मत प्राप्त गरेका छन्।

यद्यपि, केन्द्रीय निर्वाचन आयोगले मत परिणाम भने औपचारिक रुपमा घोषणा गरिसकेको छैन्।


प्रतिक्रिया दिनुहोस्