धुर्मुस–सुन्तलीको १४ औं विवाह उत्सवमा सार्वजनिक भयो ‘मायाले जीवन सजाउ’ (भिडिओ)

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ४ : २५


धुर्मुस र सुन्तलीको जोडीको रुपमा परिचित कलाकारहरु सिताराम कट्टेल र कुन्जना घिमिरेले मंगलबार १४ औं विवाह उत्सव मनाउँदैछन्।

यही सेरोफेरोमा उनीहरु अभिनित एक गीत सार्वजनिक भएको छ। ‘मायाले जीवन सजाउ’ बोलको गीतमा धुर्मुसका भाई कुमार कट्टेल र गायिका अस्मिता अधिकारको आवाज रहेको छ।

गीतका गीतकार अर्जनु पोखरेल हुन् भने संगीतकार अर्जुन पोखरेल हुन्।

टेलिसिरियल मेरी बास्सैबाट चर्चामा आएका उनीहरु समाज सेवाका कारण पनि उत्तिकै चर्चामा आउने गर्दछन्।

उनीहरुले भूकम्पपछि नमूनाबस्ती बनाउन सफल भएका थिए भने अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाइरहेका छन्।

तर चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको कामहरु अहिले ठप्प छन्। साहयोग गर्छु भन्नेले सहयोग नगरेपछि करोडौं ऋणमा परेको र काम अगाडि बढाउन नसकेको धुर्मुसको भनाइ छ।

उनले रंगशालाको स्वामित्व सरकारले लिनुपर्ने बताउन थालेका छन्।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्