ओमिक्रोन भेरियन्टबाट विश्वभर त्रास बढेपछि नेपालले पनि ‘यात्रा व्यवस्थापन आदेश’ जारी गर्दै

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ४ : ०२


काठमाडौँ। कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका कारण यतिबेला विश्वभर त्रास बढिरहेको छ। यो भेरियन्टले विश्वभर उच्च जोखिम निम्त्याउनसक्ने डब्लूएचओले चेतावनी जारी गरिसकेको छ।

यसबीचमा सरकारले कोरोना नयाँ ओमिक्रोन भेरियन्ट नेपालमा भित्रिन नदिन ‘यात्रा व्यवस्थापन आदेश’ जारी गर्ने निर्णय गरेको छ।

सोमबारको मन्त्रिपरिषद्को बैठकले ओमिक्रोन देखिएका मुलुकबाट आउने यात्रुको लागि ‘यात्रा व्यवस्थापनसम्बन्धी आदेश’ जारी गर्ने निर्णय गरेको हो।

दक्षिण अफ्रिकामा पहिलोपटक यो भेरियन्ट देखिएपछि ७० भन्दा बढी मूलुकले सो राष्ट्रमा भ्रमण प्रतिबन्ध लगाएको छ। सो भेरियन्ट अफ्रिकामा ८ भन्दा बढी मूलुक र हङकङ, जापान तथा अस्ट्रेलिया पुगिसकेको छ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मंगलबार सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले नयाँ भोरियन्ट रोक्न सरकारले हरसम्भव प्रयास गर्ने बताए।

उनका अनुसार सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सिमाना जोडिएका नाकाबाट अफ्रिकाबाट आउने यात्रुलाई रोक लगाउने निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस्