‘तिम्रो नै माया लाग्दछ साइली’ बजाउँदै नयाँ कारमा श्रीमतीसँग भ्रमणमा निस्किए राजेश हमाल

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ३ : ३३


नेपाली सिने क्षेत्रका महानायकको रुपमा परिचित अभिनेता राजेश हमालले गत बिहीबार मात्र कप्पास जिप खरिद गरेका छन्।

नक्सालस्थित जिप सोरुमबाट हमालले लिजेन्डरी कम्पासको जिप खरिद गरेका थिए।

नेपालमा जिपको नयाँ मोडेल कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेलमा उपलब्ध छन्। यसको मूल्य मोडल हेरेर ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ।

हमालले हालै किनेको कालो रङको कारमा यतिबेला उनी घुमघाम गरिरहेका छन्। उनले सामाजिक संजालमा श्रीमतीसँग कारमा भ्रमण गरिरहेको तस्बिरहरु सार्वजनिक गरेका छन्।

एक भिडिओमा उनीहरु ‘तिम्रो नै माया लाग्दछ साइली’ भन्ने गीतमा मन्त्रमुग्ध भएको पनि देख्न सकिन्छ।

(भिडिओ)
)

May be an image of 2 people, people standing, tree and outdoors

May be an image of 1 person, standing and outdoors


प्रतिक्रिया दिनुहोस्