नेप्से आज पनि रातो, कारोबार रकम खुम्चियो

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ३ : १७


काठमाडौं । विगत केहि दिन देखि ठूलो अंकले घटेको सेयर बजारमा आज पनि सामान्य अंकको गिरावट देखिएको छ।

मौद्रिक नीतिको समिक्षाले सेयर लगानीतकर्ताको माग लाई सम्बोधन नगरेपछि विगत केहि दिन यता भारी अंकको गिरावट देखिएपनि आज नेप्से परिसुचक १.६४ को बिन्दुले घटेको छ।

आज ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक शून्य दशमलव १८ अंकले हरियो छ।

दिनभरिमा ४१ हजार ५ सय ८५ पटकको खरिदबिक्रीपछि बजारमा ३ अर्ब ८ करोड ९० लाखको कारोबार भएको हो। कारोबार रकम हिजोको तुलनामा कम देखिएको छ।

आज लगानी, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, वाणिज्य बैंक र व्यापार समूहका सूचकमा गिरावट देखिएको छ भने बाँकी समूहको सूचक हरियो देखिएको छ।

आज सामलिङ पावर कम्पनी र ङादी हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशत हाराहारीले बढ्दा लगानीकर्ताले कमाए पनि अन्यले कमाउन नसकेको नेप्सेले जनाएको छ।

यी हुन आज सबैभन्दा धेरै कमाउने र गुमाउने १० कम्पनी

 


प्रतिक्रिया दिनुहोस्