एमाले अध्यक्षमा केपी ओली निर्वाचित, हारे भीम रावल

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ३ : ००


काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी ओली विजयी भएका छन्। चितवनमा भएको १०औँ महाधिवेशनले ओलीलाई फेरि अध्यक्षको जिम्मेवारी दिएको हो।

नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा भीम रावललाई १५७७ मतले उछिन्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन्। कुल खसेको दुई हजार ९६ मध्ये ओलीको पक्षमा १८४० मत खस्दा रावलले २२३ मत पाए। साथै नो भोटमा ३३ मत खसेको छ।

यसअघि २०७१ सालमा काठमाडौंमा भएको नवौँ महाधिवेशनले पनि ओलीलाई अध्यक्षमा निर्वाचित गरेको थियो।

यसपटक विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै परिणाम आएको हो। मंगलबार बिहान ४ बजेबाट मतदान प्रक्रिया सुरू भएको थियो।


प्रतिक्रिया दिनुहोस्