जापान र अस्ट्रेलिया पुग्यो ओमिक्रोन भेरियन्ट, ७० देशले लगाइसके दक्षिण अफ्रिकामा प्रतिबन्ध

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  २ : ३७


जापानमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट पहिलो व्यक्ति संक्रमित बनेका छन्।

नामिबियादेखि आईतबार नारिता विमानस्थलमा अवतरण गरेका ३० वर्षका व्यक्तिमा यो भेरियन्ट देखिएको जापान सरकारले मंगलबार जनाएको छ।

जापानका प्रधानमन्त्री फुमियो किसिदाले सोमबार मात्र ओमिक्रोन भेरियन्टको त्रास बढेको भन्दै आफ्नो देशमा विदेशी नागरिकलाई प्रवेश गर्न नदिने बताएका छन्।

यसैबीच अस्ट्रेलियामा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ६ पुगेको छ। जापानले जस्तै अस्ट्रेलियाले पनि अब विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाउनसक्ने अनुमान गरिएको छ।

सोमबार अस्ट्रेलियाको सरकारले जापान र दक्षिण कोरियाबाट अस्ट्रेलिया आउन र त्यहाँ जान प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध डिसेम्बर १५ सम्म लागू हुनेछ। जापान र अस्ट्रेलियासँगै सबै देशमा यो नियम लागू हुनेछ।

यस्तै ओमिक्रोन भेरियन्ट देखिएको राष्ट्र दक्षिण अफ्रिकामा हालसम्म ७० जनाले भ्रमण प्रतिबन्ध लगाएका छन्। कोरोनाको यो भेरियन्ट निकै शक्तिशाली भएको र यसले विश्वमा उच्च जोखिम सिर्जना गर्नसक्ने सोमबार विश्व स्वास्थ्य संगठनले जनाएको थियो। सीएनएन


प्रतिक्रिया दिनुहोस्