अध्यक्षका लागि ओलीले ६७४ मत ल्याउँदा भीम रावललाई ७४ भोट

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  २ : ०९


काठमाडौं । नेकपा एमालेको चितवनमा जारी १० औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ।

निर्वाचन आयोगका अनुसार प्रारम्भिक चरणमा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले ६७४ मत ल्याउँदा भीम रावलले ७४ मत पाएका छन्।

चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन्।


प्रतिक्रिया दिनुहोस्