प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, अस्पताल भर्ना

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १० : ३६


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण देखिएपछि आज सोमबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना भएका छन्।

विगत केहि दिन देखि अस्वस्थ रहेका राणालाई पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको छ।

कोरोना संक्रमण देखिएपछि एपिएफ अस्पतालमा भर्ना गरिएको र उनलाई निमोनिया पनि देखिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताएका छन।


प्रतिक्रिया दिनुहोस्