गोकुल भन्छन्-‘हाम्रो महाधिवेशनमा १५ लाख मान्छे आए’

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १० : १९


काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमालेको १० औं महाधिवेशनको उद्घाटन कार्यक्रममा १५ लाख मानिस आएको दाबी गरेका छन।

माधव नेपाल नेतृत्वमा एमालेबाट ठूलो पंक्तिले एकिकृत समाजवादी पार्टी गठन गरेपछि एमाले कमजोर बनेको टिप्पणी भइरहेका बेला नेता बाँस्कोटाले एमालेबाट जानेहरुका कारण पार्टी कमजोर नबनेको बताए।

उनी भन्छन्, ‘एमाले फुटेर के भयो? फुट्नेहरु गए। तर १५ लाख मान्छे त आए नी!’

एमालेको दशौं महाधिवेशनले आम एकता, सुदृढ एमालेको सन्देश दिने बाँस्कोटाको भनाई छ।

एमालेले नारायणी किनारमा महाधिवेशनको उद्घाटन कार्यक्रम राखेको थियो। सो कार्यक्रममा सम्पूर्ण शक्ति लगाएर ५ लाख मानिस सहभागी गराउने लक्ष्य एमालेले राखेको थियो। तर, अपेक्षा विपरित कम मानिस सहभागी भएका बेला बाँस्कोटाले भने १५ लाख सहभागी भएको अनौठो दाबी गरेका हुन।


प्रतिक्रिया दिनुहोस्